सरकारले भन्यो,- विदेशमा अ,लपत्र परेका नेपालीलाई स्वदेश फ,र्काउने गृहकार्य भइरहेको छ
काठमाडौँ । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अ,लपत्र परेका नेपाली नागरिकलाई स्वदेश फ,र्काउने गृहकार्य भइरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सु,रक्षामन्त्री रामेश्वर राय यादवले आज विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै अ,लपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ अध्ययन भइरहेको बताउनुभयो ।
ठूलो सङ्ख्याका नेपालीलाई एकसाथ स्वदेश फर्काउन ठूलो स्रोत साधनको आवश्यकता पर्ने भन्दै उहाँले विभिन्न कारणले अ,लपत्र परेका, बिरामी तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिएर नेपाल ल्याइने बताउनुभयो । “बीसौँ लाख नेपाली आप्रवासी श्रमिक खाडी, मलेशिया तथा अन्य मुलुकमा हुनुहुन्छ । यसमध्ये थोरै प्रतिशत मात्र नेपालीलाई फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्नेलगायतको व्यवस्थापन गर्न पनि ठूलो स्रोत साधनको आवश्यकता पर्दछ”, मन्त्री यादवले भन्नुभयो, “हाम्रो क्ष,मता यसलाई थे,ग्न सक्छ सक्दैन भन्ने कुरामा पनि हामी सचेत रहनैपर्ने हुन्छ ।”
गन्तव्य मुलुकमा रहेका नेपालीलाई तत्कालका लागि जहाँ भए पनि सु,रक्षित बस्न आग्रह गर्दै उहाँले कठिन परिस्थितिमा आफ्नो स्वास्थ्यको ख्याल राख्न आ,ग्रह गर्नुभयो । रोजीरोटी गुमाएर खर्चको अभावमा र अन्य कारणले खान बस्नको समस्यामा परेमा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा स,म्पर्क गर्न आग्रह गर्दै उहाँले कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोबलका साथ आफ्ना आफन्तजन तथा नेपाली दूतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित स,म्पर्कमा रहन पनि अनुरोध गर्नुभयो ।
उहाँले विदेशमा रहेका नेपाली सङ्घसंस्था तथा व्यक्ति विशेषलाई दुःखमा परेका र अ,लपत्र भएका नेपालीलाई मानवीय सहायता उपलब्ध गराउन पनि अ,पिल गर्नुभयो । गन्तव्य मुलुकमा रहँदा कोरोना भाइरस स,ङ्क्रमणको चपेटामा परेका नागरिकको उचित स्वास्थ्योपचारका लागि सरकारले कूटनीतिक पहल गरेको मन्त्री यादवले बताउनुभयो । “नेपाली कामदारको हकहित र सु,रक्षालाई लिएर प्रधानमन्त्रीले पनि विदेशस्थित आफ्ना समक,क्षीसँग निरन्तर टेलिफोन संवाद गरिरहनुभएको छ”, नेपाली कामदारले भोग्दै आएको समस्याप्रति सरकार सं,वेदशनील रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ।
कतिपय गन्तव्य मुलुकले कोभिड–१९ बाट प्रभावित आप्रवासी श्रमिकलाई राहतका कार्यक्रम घो,षणा गरेको उल्लेख गर्दै मन्त्री यादवले दूतावासमार्फत ती कार्यक्रमको जानकारी लिई लाभ लिन पनि अनुरोध गर्नुभयो । कोरोना भाइरसलाई फै,लन नदिने एकमात्र उपाय भनेको व्यक्तिव्यक्ति बीचको दूरी कायम गर्नु नै उचित भएको उल्लेख गर्दै उहाँले पटकपटक साबुन पानीले हात धुने, आफ्नो हातलाई सकभर नाक, आँखा र मुखमा पुग्न नदिने, मास्क लगाउने र व्यक्तिगत सरसफाइलाई ध्यान दिन आग्रह गर्नुभयो । रासस


