आज थप दुई जनामा कोरोना सं,क्रमण पुष्टि – सं,क्रमितको संख्या ५९ पुग्यो
काठमाडौं, १९ वैशाख । कोरोना भाइरसबाट आज थप दुइजना सं,क्रमित भएका छन् । सं,क्रमित रुपन्देही र बाँकेमा भे,टिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा रहेको मन्त्रालयले जनाएको छ ।
दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै कुल सं,क्रमितको संख्या ५९ पुगेको छ भने १६ जना निको भएर घर फर्किइसकेका छन् ।



