कोरियाकी १०४ वर्षीया यी वृ द्धा जसले कोरोनालाई जि,तिन

दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना सं,क्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डि,स्चार्ज हुनुभएको हो । उहाँ दक्षिण कोरियामा कोरोना स,ङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुनुहुन्छ ।

सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना सं,क्रमणको पुष्टि भएको थियो । त्यसपछि उहाँलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो ।

उहाँलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दु ख्ने लक्षण देखिएको थियो र सेतो र क्त कोष समेत घटेको थियो । स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उहाँ ठीक हुनुभयो ।

चोईको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । उहाँको नवौँ पटकबाट कोरोना स,ङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डि,स्चार्जको अनुमति दिएको हो । डि,स्चार्जका समयमा पुष्पगुच्छासहित उहाँलाई सम्मान गरिएको थियो । उहाँले पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।