कोरोना खोप निर्माणमा खटिरहेका वैज्ञानिकहरुलाई राष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गर्नुभएको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा असङ्क्रमणीकरणका लागि विश्वव्यापी गठबन्धन (जिएभिआई) ले खासगरी स्वास्थ्यसम्बन्धी दिगो विकासका लक्ष्य प्राप्ति तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको सराहना गरेकी छिन् ।

साथै उनले खोप तथा असङ्क्रमणीकरणको महान् उद्देश्य प्राप्तिका निम्ति नवीकृत प्रतिबद्धताका साथ अघि बढ्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गरेकी छिन् । खोप कार्यक्रमबाट नेपालले हासिल गरेका उपलब्धिबारे चर्चा गर्दै राष्ट्रपतिले साझा सुख र खुशीका निम्ति विश्वव्यापी रुपमा गरिने प्रयत्नप्रति नेपालको ऐक्यबद्धता प्रकट गरिन् । कोभिड–१९ विरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकहरूमा उनले सफलताको शुभकामना पनि व्यक्त गरेकी छिन् ।

स्वस्थ संसार निर्माण तथा खोपको विकासका निम्ति सहायता जुटाउने लक्ष्यका साथ आयोजित उक्त सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय निकाय, निजी तथा परोपकारी सङ्घ–संस्था तथा सरकारी प्रतिनिधिसहित ३०० जनाले भाग लिएका परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालसहित विकासोन्मुख देशहरूको खोपमा पहुँच सुधार्न २० वर्षअघि सार्वजनिक–निजी साझेदारीमा जिएभिआई स्थापना गरिएको हो । संयोगवश जिएभिआईको २० औँ वार्षिकोत्सवका अवसरमा उक्त सम्मेलन आयोजना भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।