न्युजिल्याण्ड कोरोना भा,इरसमुक्त बनेपछि प्रधानमन्त्री जसिन्डा आर्डर्न खुशीले नाचिन्

वेलिङ्टन, जेठ २६ । न्युजिल्याण्डले सोमबार कोरोना भाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ। कोभिड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्युजिल्याण्डले यस्तो घोषणा गरेको हो।

प्रधानमन्त्री जसिन्डा आर्डर्न उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाचेकी थिइन्।

आर्डर्नले टेलिभिजन सम्बोधनका क्रममा अन्तिम कोरोना संक्रमित निको भएसँगै आफू खुशीले नाचेको बताइन्।

प्रधानमन्त्री आर्डर्नले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताएकी छिन्। उनले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरु हटाइएको पनि घोषणा गरिन्।

टेलिभिजनबाट प्रशारित एक सम्बोधनमा प्रधानमन्त्री आर्डर्नले भनिन्, “अहिलेका लागि न्युजिल्याण्डमा कोरोना भाइरसको प्रसार पूर्णरुपमा रोकिएकामा हामी विश्वस्त छौं। भाइरसलाई नियन्त्रणमा ल्याउन जनताले देखाएको अभूतपूर्व एकताको म प्रशंसा गर्दछु ।”

करिब ५० लाख जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय राष्ट्र न्युजिल्याण्डमा कोभिड–१९ बाट एक हजार १५४ जना संक्रमित हुनुका साथै २२ जनाको ज्यान गएको थियो।

पछिल्लो १७ दिनदेखि न्युजिल्याण्डमा नयाँ संक्रमण देखिएको छैन। पछिल्लो एक सातामा एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो।

संक्रमित पछिल्लो व्यक्तिका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छैन, तर स्रोतहरुले ती व्यक्ति अकल्याण्ड निवासी ५० वर्षीया महिला रहेको बताएका छन्।

न्युजिल्याण्डले कोरोना भाइरसको प्रसार रोक्न देशव्यापी रुपमा सात हप्तासम्म निकै कडा लकडाउन गरेको थियो।

न्युजिल्याण्डमा सबैजसो खेलमा जति पनि दर्शक सहभागी हुन पाउने छन्। त्यहाँको रग्बी संघले यसै साता सुपर रग्बी प्रतियोगिता संचालन गर्ने जनाएको छ। रासस/एएफपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।