इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त

तेल अबिब । इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ । उहाँ इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत हुनुभएको अधिकारीले जनाएका छन् ।

इजरायलले चर्चित कूटनीतिज्ञ अमिरा ओरोनलाई आइतबार इजिप्टका लागि राजदूत नियुक्त गरेको छ । “सरकारले आज अमिरा ओरोनलाई इजरायलको तर्फबाट इजिप्टका लागि राजदूतको रुपमा नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ,” विदेशमन्त्री गावि अश्केनाजीले भन्नुभयो ।

उहाँलाई सो पदमा नियुक्त गरेपछि दुई देशको आपसी सम्बन्ध र कूटनीतिक क्षेत्रमा राम्रो नतिजा आउने अपेक्षा गरिएको पनि विदेशमन्त्री अश्केनाजीले बताउनुभयो । राजदूतमा नियुक्त ओरोनले अरबी भाषामा राम्रोसँग बोल्न सक्नुहुन्छ भने प्रभावशाली कूटनीतिज्ञका रुपमा लिइन्छ । उहाँलाई धेरै पहिला नै नियुक्त गर्नुपर्ने भएपनि सरकारभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ भएको जनाइएको छ ।

इजरायलको तर्फबाट इजिप्टमा यसअघि डेभिड गोर्भिन राजदूत हुनुहुन्थ्यो । उहाँ गत वर्ष सन् २०१९ को मेमै फर्किनुभएको थियो । त्यसपछि इजिप्टमा इजरायलको राजदूत पदमा नियुक्त हुन सकेको थिएन ।रासस/एएनआइ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।