नेपाल–भारत बीचको रोटी–बेटीको सम्बन्धलाई कसैले तोड्न नसक्ने भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाइ

नयॉं दिल्ली, १ असार । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतको बीचमा रहेको रोटी–बेटीको सम्बन्धलाई कसैले तोड्न नसक्ने बताएका छन् ।

आइतबार भारतीय जनता पार्टी (भाजपा)का उत्तराखण्डका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताएका हुन् ।

त्यस्तै, उनले नेपाल–भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने पनि बताएका छन् । लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भएमा त्यसलाई संवादबाटै हल गरिने पनि उनले बताएका छन् ।

त्यस्तै, गोरखा रेजिमेन्ट सेनाले आफ्नो शौर्यको परिचय दिने गरेको बताउँदै नेपालसँगको सम्बन्ध टुट्न नसक्ने उनको भनाइ छ । भातीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन नसक्ने उनले विश्वास व्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।