भोजपुरमा क’रणीका मुद्दा बढे, बहुविवाहका मुद्दा घटे

भोजपुर, १३ असार । भोजपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी ब”लात्कारका घटनाको मुद्दा रहेका छन् ।

यस आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १५२ वटा मुद्दामध्ये ७० प्रतिशत जबर्जस्ती करणीसम्बन्धी रहेको कार्यालयले जनाएको छ । साङ्गठनिक अपराधका मुद्दा केही बढेको भए पनि सम्बन्धविच्छेदका मुद्दामा भने यस वर्ष कमी देखिएको निमित्त जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले जानकारी दिए । कार्यालयले स्थानीयस्तरसम्म पुगेर विद्यामान कानूनमा भएको व्यवस्थाको विषयमा जानकारी दिएसँगै उजुरी दिनेको सङ्ख्या वृद्धि भएको उनको भनाइ छ ।

भट्टराईले भने, “कार्यालयमा आएका मुद्दामध्ये ७० प्रतिशत मुद्दा जबर्जस्ती करणीका मुद्दा रहेका छन, गत वर्षको तुलनामा बहुविवाहका मुद्दामा भने कमी आएको छ, विशेष गरेर हामीले स्थानीयस्तरसम्मका पुगेर कानूनी प्रावधानको विषयमा जानकारी दिएको कारण न्याय खोज्दैको आउनेको सङ्ख्या वृद्धि भएको देखिन्छ ।”

विगत वर्षमा भूकम्पले जीर्ण भएको भवनमा बसेर काम गर्नुपर्ने अवस्था भए पनि अहिले कार्यालय भवन निर्माण भएपछि कार्यसम्पादनमा सहजता थपिएको कर्मचारीको भनाइ छ । कार्यालयमा स्तनपान कक्ष, थुनुवा कक्ष, बयान कक्ष र तयार गरिएको छ । पुरानो भवनमा छुट्टै कोठाको व्यवस्था नहुँदा कतिपय गोपनीयतालाई ध्यान राख्दै बयान लिने क्रममा समस्या हुने गरेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको कार्यालयले जनाएको छ ।

भट्टराईले भने, “पुरानो भवनका बसेर कार्यसम्पादन गर्न असाध्यै समस्या थियो, कतिपय खण्डमा पीडितको गोपनीयतालाई ध्यानमा राख्दै छुट्टै बयान लिनुपर्ने हुन्छ त्यो अवस्थामा गाह्रो थियो, अहिले वैशाखबाट नयाँ भवनमा सरेर काम गरिरहेको छौँ, यसले कार्यसम्पादनमा धेरै नै सजिलो छ ।”

भूकम्पका कारण जीर्ण बनेको भवनमा कार्यसम्पादन हुँदै आएकोमा अहिले रु तीन करोड ३४ लाख लागतमा भवन निर्माण गरिएको हो । वैशाखदेखि नयाँ भवनबाट कार्यसम्पादन शुरु भएको छ । आवश्यक मापदण्डअनुसारको भवनबाट सेवा लिन पाउँदा सहजता थपिएको सेवाग्राहीले बताउने गरेका छन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।