धान भण्डार समस्याले परनिर्भता बढ्यो

भीमदत्तनगर, असार १५ गते । सुदूरपश्चिम प्रदेशको अन्नभण्डारका रुपमा रहेको कैलाली र कञ्चनपुरमा बर्सेनि धान उत्पादन बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र भीमदत्तनगरका अनुसार विगतका वर्षमा यहाँ धानको उत्पादकत्वमा वृद्धि भइरहेको छ ।

यहाँ खाद्यान्न भण्डारणको क्षमता पर्याप्त नहुँदा यहाँ उत्पादित खाद्यान्न भण्डारणमा समस्या भइरहेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो । ती दुई जिल्लामा उत्पादित खाद्यान्न अन्य सात पहाड जिल्लामा आपूर्ति गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । कैलालीमा ७१ हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदैआएको छ । आर्थिक वर्ष २०७६/७७ मा उत्पादनमा वृद्धि भएर तीन लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका एक लाख ७२ हजार ३०० मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, कैलालीमा २०७५/७६ मा दुई लाख ९३ हजार ५०० मेट्रिक टन धान उत्पादन भएकोमा २०७६/७७ मा उत्पादनमा वृद्धि भएर तीन लाख २२ हजार मेट्रिक टन उत्पादन भएको जनाइएको छ ।

“भण्डारणको समस्याले कारण पनि परनिर्भरता बढेको हो ।” उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ ।” उहाँका अनुसार चालु आवमा पनि प्रदेश सरकारले यान्त्रिकरण अनुदान कार्यक्रम अन्तर्गत यहाँका २८६ जना किसानलाई रोटाभेटर, पावरटिलर, टुयाक्टर, थ्रेसरलगायत कृषि औजारहरू वितरण गरिरहेको छ ।

“हामीले कृषिमा आधुनिकीकरणलाई पनि प्राथमिकतामा राखेर अघि बढेको छौँ ।” उहाँले भन्नुभयो, “हलोको ठाउँमा च्याङ्फा ट्याक्टरले खेती गर्ने क्रम बढेको छ ।”

ती दुई जिल्लामा उत्पादन हुने धानको भण्डारण गर्न सकिए अन्य सात जिल्लाका लागि खाद्यान्न अन्यत्रबाट आयात गर्न नपर्ने अवस्था छ । “यहाँको उत्पादन बाहिर जान्छ र त्यही उत्पादन प्रशोधन भएर हामीकहाँ पुग्छ ।” उहाँले भन्नुभयो, “सिँचाइका ठूला आयोजनाहरू पनि चाँडो सम्पन्न गर्ने सके उत्पादन झन बढ्छ ।” कृषिमा प्रविधि भित्रिँदा श्रमको बचतसमेत हुने गरेको छ । उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको धान यही भण्डारण गर्न सके तराइका दुई जिल्लालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत खाद्यान्न पुग्छ ।”

हालसम्म कैलालीमा १७ हजार र कञ्चनपुरमा २ हजार मेट्रिक टन धान भण्डारण गर्न सक्नेमात्र गोदाम छ । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिल श्रेष्ठले भण्डारणका लागि कोदाम अभाव भएको बताउनुभयो । “आवश्यकता अनुसार भण्डारण गर्न सकिरहेका छैनौँ ।” उहाँले भन्नुभयो, “क्षमता बढाउन माथिल्लो निकायमा प्रस्ताव पेश गरेका छौँ ।” उहाँले थप १० हजार मेट्रिक टन भण्डारण क्षमता बढाउन आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, पछिल्लो केही वर्षयता प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत धान जोन छुट्याइएको छ । “किसानलाई बीउ दिएर मात्रै भएन किसानको उत्पादनको सुरक्षा हुनुपर्छ र सरकारले दीर्घकालीन योजना अघि ल्याउनुपर्छ ।” शुक्लाफाँटा नगरपालिका–१ का दिनराम रानाले भन्नुभयो, “अब कृषिमै स्वरोजगारीका प्याकेज ल्याएर भने कोरोनाले बेरोजारी ह्वात्तै बढ्ने देखिन्छ ।” झण्डै चार बिगाहमा धान खेती गर्दैआएका रानाले कृषिमा भएको यान्त्रिकरणले सहज भएको बताउनुभयो ।

कञ्चनपुरमा भीमदत्त तथा कृष्णपुर नगरपालिका, बेलौरी, पूनर्वास र लालझाडी गाउँपालिकामा ‘धान जोन’ रहेको छ । धान उत्पादन हुने क्षेत्रका किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था विद्यमान छ । “बोरिङ्ग गाउँमा एउटा पनि छैन । उहाँले भन्नुभयो, “आकाशे पानीका भरमा खेती गर्न समस्या हुन्छ ।” कञ्चनपुरमा अझै २७ प्रतिशत क्षेत्र आकाशे पानीको भरमा रोपाइँ हुँदै आएको ज्ञान केन्द्रको भनाइ छ । पछिल्लो दशकयता यहाँको खेतीयोग्य जग्गा आवासीय क्षेत्रमा परिणत हुँदैगएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।