कोभिड-१९ उपचार– तोकिएका ७ अस्पतालमा मात्र आकस्मिक सेवा

काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड १९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड १९ को आस्कमिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा.प्रदीप ज्ञवालीले जानकारी दिए ।

अध्ययनमा २३ वटा कोभिड १९ डेडिकेटेड अस्पतालले कोभिड १९ का बिरामीलाई आकस्मिकसेवा नदिएको पाइएको छ । सरकारले कोभिड १९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड १९ डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ ।

अध्ययनमा कोभिड १९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड १९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको पाइएको छ । अन्य पाँच अस्पतालले कोभिड १९ सँग सम्बन्धित कार्य नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । चार अस्पतालले गैर कोभिड १९ बिरामीलाई वैकल्पिक अस्पतालमा सार्ने गरेको पाइएको छ । अध्ययनमा डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचार कक्ष र सात अस्पतालमा उच्च परिनिर्भरता कक्ष (एचडियु) रहेको पाइएको छ । ती २० अस्पतालमा २३५सघन उपचार कक्ष र सात अस्पतालमा ९७ कक्ष एचडियु रहेको छ ।

यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन । अन्य १३ अस्पतालमा भने भेन्टिलेटर छैन । ती मध्ये १९ अस्पतालले कोभिड १९ को सङ्क्रमण रोकथाम समिति गठन गरेका थिए । अध्ययनमा ९६.७ प्रतिशत अस्पतालले कोभिड १९ व्यवस्थापन समूह, ९३.३ प्रतिशतले कोभिड १९ सम्बोधन योजना बनाएका थिए ।

यस्तै ती अस्पतालमा ७२९ आइसोलेसन र एक हजार ९२६ श्यया रहेका छन् । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालकाअनुसार अस्पतालमध्ये एक चौधाई भन्दा बढी (३० प्रतिशत) अस्पतालमा कोभिड १९ को नमूना परीक्षण गर्ने व्यवस्था नरहेको पाइएको छ । यस्तै १३।३ प्रतिशत अस्पतालमा मात्र कोभिड १९– को नमूना सङ्कलनका लागि छुट्टै क्षेत्र तोकिएका छन् ।

तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पिसिआर र १७ अस्पतालमा आरडिटी परीक्षणको व्यवस्था रहेको छ । मन्त्रालयले कोभिड १९– को रोकथाम र नियन्त्रणका लागि ९३ वटा अस्पतालमा कोभिड १९ क्लिनिक सञ्चालन गरेको छ । ती मध्ये ५२ वटा क्लिनिकले मात्र २४ सै घण्टा सेवा उपलब्ध गराएको अनुसन्धानका क्रममा देखिएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. धिमालले बताए ।

अध्ययनका अनुसार १९ क्लिनिकले मात्र सङ्क्रमण रोकथाम समिति गठन गरेर काम गरिरहेका छन् । ती क्लिनिकलमा १३ हजार ७२४ श्यया, एक हजार १८५ आइसोलेसेन, ३५ क्लिनिकलमा ८०९ सघन उपचार कक्ष र ३१४ भेन्टिलेटर, १० वटा क्लिनिकलमा २७९ एचडियु सुविधा रहेको छ । यस्तै अध्ययनले सबै क्लिनिकले कोभिड १९–बाहेकका बिरामीको लागि आकस्मिक सेवा भने उपलब्ध गराएका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।