रोकिएन असारे विकास

–पूर्णप्रसाद मिश्र
काठमाडौँ । पूर्वाधार विकासका काम आर्थिक वर्षको अन्तिम महिनानामा हुने क्रम रोकिएको छैन । तीनै तहका सरकारको बजेट पारित अघिल्लो वर्षको असारमै हुने कानूनी व्यवस्था गरिएको छ । विनियोजित बजेट तह लगाउने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा सम्झौता हुने गरेको छ ।

यसले गर्दा विकास निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हाले सरह भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र थलीबाट मूलपानीको प्लटिङमा निस्कने भित्री सडककमा असारको तेस्रो साता बल्ल काम थालिएको छ । असारे झरीका बीच सडकमा काम हुँदा गुणस्तरमा सम्झौता भएको स्थानीयवासीको गुनासो छ ।

भित्री कच्ची सडकमा मुसलधारे वर्षाका बीच काम हुँदा बाटो हिलोले हिँड्न नसकिने, पैदल यात्री एवं सवारी वाहक चिप्लिएर लडेर घाइते हुने लगायत समस्या रहेको स्थानीयवासी श्रीराम सापकोटाले बताए । निर्माण स्थलमा सूचना पाटी समेत नदेखिँदा कति सडकमा के काम गर्न लागिएको भन्ने थाहा नभएको उनले सुनाए । सडक निर्माणका क्रममा सिमेन्टको मात्रा समेत कम प्रयोग भएको स्थानीयवासीको भनाई छ ।

स्थानीयवासीले गुणस्तरीयता कायम हुनुपर्यो भनी राखेको माग पनि निर्माण व्यवसायीले सुनेका छैनन् । नगर प्रमुख कृष्णहरि थापा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयको ठेक्कामा काम भइरहेको बताउँछन् । असारे झरीमा ग्राभेल नहाल्न नगरपालिकाले समेत अनुरोध गरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालबाट दरभाउ नआई बोलपत्र नहुने, असोजसम्ममा मात्र दरभाउ आउने, त्यसपछि टेण्डर गर्दा काम गर्ने समय असारमै पुग्ने गरेको नगरपालिकाले जनाएको छ । यसमा सुधारका लागि प्रशासन कार्यालय र महालेखा परीक्षकको कार्यालयलाई समेत अनुरोध गरिएको नगर प्रमुख थापाले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय अन्तर्गत ठेक्का भई प्लम्ब वाल लगाउने काम सम्पन्न भइसकेको इञ्जिनीयर सुजन थापाले बताए । त्यही सडकको मूलपानी प्लटिङतिरको भागमा नगरपालिकाले काम गरिरहेको छ । नगरपालिकाको काममा भने विभिन्न किसिमका समस्या आएको सुनिएको उनले जानकारी दिए ।

त्यो सडकका विषयमा स्थानीयवासीले बिरोध समेत गरिरहेका छन् । कार्यालयले गरेको भागमा भने सूचना पाटी राखिएको उनको भनाइ छ । त्यस क्षेत्रमा रु एक करोडको लागतमा ५८८ घनमिटरको वाल निर्माण भएको जनाइएको छ । नगरपालिकाको वडा नं. ५ को एउटै सडकमा एकातिर पूर्वाधार विकास कार्यालय र अर्कोतिर नगरपालिकाले काम गरिरहेको छ । नगर प्रमुख थापा पनि त्यस क्षेत्रमा नगरपालिकाको योजना समेत सञ्चालनमा रहेको स्वीकारर्छन् । । वर्षामा ग्राभेल भने नहाल्ने उनको भनाई छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।