पर्यटनमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्टे«लियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गर्नुभएको थियो ।

मन्त्री भट्टराई र राजदूत वडबीच विश्वमहामारीको रुप लिइरहेको कोभिड–१० ले पारेको असर र महामारी न्यूनीकरणका लागि गरिएका कामको अनुभव आदानप्रदान पनि भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै राजदूत वडले व्यावसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गरिने प्रतिबद्धता जनाउँदै अष्ट्रेलियालीलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।