चिया निकासीमा सकस, नाका परिवर्तन गर्दा भन्सार खर्चिलो

इलाम । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने ‘स्वचालित’ ढङ्गले चिया निकासी हुन सकेको छैन । चैतको शुरुआतदेखि नै अन्तर्राष्ट्रिय बजारका लागि ठूलो परिमाणमा चियाको माग आउँथ्यो । त्यसपछि उद्योगीले चियाको ‘सिम्बोल’ पठाउँथे र चिया निकासी शुरु हुन्थ्यो । तर, यस वर्ष भने असार मसान्त हुन लाग्दासमेत चिया पठाउन सकस परेको छ ।

भारतबाट निकासी हुने चियामा समस्या हटे पनि नेपालकै अन्तर्राष्ट्रिय विनास्थलबाट पठाउने चियामा भने समस्या रहेको चिया उद्योगी शरद सुब्बा बताउनुहुन्छ । “हामी चीनलगायत तेस्रो मुलुकमा तयारी चिया पठाउँछौँ । तर, यो वर्ष अन्तर्राष्ट्रिय ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन ।” सुब्बाले भन्नुभयो, “एक ठाउँमा सिम्बोल पठाए पनि कोरोनाका कारण चिया पठाउन भने सकेको छैन ।” त्यसो त चिया निकासीमा उद्यमीले सधैँ झन्झट खेप्नु नै पर्छ ।

कहिले भारतले नाका बन्द गर्दा त कहिले अन्तर्राष्ट्रिय बजारबाट माग नआउँदा, चिया निकासीमा समस्या पर्छ । यस वर्ष पनि भारतले काँकडभिट्टा नाका केही दिन बन्द गर्दा उद्योगीले समस्या भोग्नु प¥यो । अहिले भारतले नाका खोलेको भए पनि अन्तर्राष्ट्रिय बजारबाट माग आएको छैन । भारतको मुख्य बजार नयाँ कलकत्तामै कोरोना सङ्क्रमण बढेपछि अहिले चिया जान रोक लागेको अर्का उद्योगी तथा बिक्रेता गोपाल कट्टेल बताउनुहुन्छ । “मैले त अस्तीको दिनमात्र यो सालको पहिलो चिया पठाए”, कट्टेलले भन्नुभयो ।

सिजनकै समयमा कोरोना महामारी आइलागेपछि धेरैजसो उद्योगीले चिया पठाउन अझै पनि सकेनन् । चिया निकासी गर्न भन्सारमा समेत धेरै प्रक्रिया पु¥याउनु पर्नाले पनि सकस भएको देखिन्छ । यता, अर्का उद्योगी उदय चापागाईं भने निकासी खुले पनि अन्तर्राष्ट्रिय बजार पु¥याउन समस्या पर्ने गरेको बताउनुहुन्छ । “एकचोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो ।” चापागाईंले थप्नुभयो, “तर, अहिले अवस्था सामान्य भइसक्यो ।”

नाका परिवर्तन गर्दा भन्सार खर्चिलो

अन्तर्राष्ट्रिय बजारमा काँकडभिट्टा हुँदै चिया जाने गरे पनि अहिले जोगमनी नाकाबाट निकासी हुने गरेको छ । नाका परिवर्तन गरेर चिया लानु परेकाले भन्सारमा बुझाउने रकम भने खर्चिलो हुने गरेको उद्योगीको गुनासो छ । नाका परिवर्तन गरेपछि पहिलेको भन्दा रु ७० हजार हाराहारीमा खर्च बढी आउने गरेको सूर्योदय टी प्रोडक्सन एशोसिएशनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो ।

यता, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई भर्ने बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब ६० किलो चिया घाटा लागेको बरारबरको घाटा भएको बताउनुहुन्छ । बन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा ब्यहोर्नुपरेको महासचिव राईको भनाइ छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।