नेपाल पत्रकार महासंघ धनकुटाद्धारा अक्षयकोष स्थापना
धनकुटा खबर । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले २ लाख २ हजार २ सय २२ रुपैयाको अक्षय कोष स्थापना गरेको छ ।

साथै महासंघ धनकुटा शाखा आफ्नो कार्यलयमा भाँडा लगाएको २ महिनाको सटर भाँडा समेत नलिने निर्णय गरेको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव विदुर खवासले जानकारी दिनु भयो ।
त्यस्तै कोरोना भाइरस र लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई महासंघको तर्फबाट सहयोग गरेको र अक्षय कोष स्थापना गर्दा सहयोग गर्ने सबैलाई महासंघको तर्फ बाट धन्यवाद समेत दिएको सचिब खवासको भनाई रहेको थियो ।


