लकडाउन खुलेकै दिन १६ आन्तरिक उडान

काठमाडौं। त्रिभुवन अन्‍तर्राष्‍ट्रिय विमानस्थलमा हिजो एकैदिन १६ वटा आन्तरिक उडान भएका छन्।

लकडाउन शुरू भएयताकै यो सबैभन्दा बढी चार्टर्ड उडान हो। यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए।

हिजो यती एअरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठमाडौं ल्याएको थियो भने सीता एअरले सुर्खेतमा १६ यात्रु लगेको छ।

सिम्रिक एअर, कैलाश एअर, मनाङ एअर, एअर डाइनेष्टिको हेलिकप्टरले विभिन्न गन्तब्यमा उपचारका लागि उद्धार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

सरकारले गत ११ चैतबाट देशभर लागू गरेको बन्दाबन्दी हिजो रातिदेखि पूर्णरूपमा हटाउने निर्णय गरेको थियो ।

आन्तरिक तथा अन्तर्राष्‍ट्रिय उडान भने १ भदौदेखि सञ्चालन गर्ने निर्णय गरिसकिएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।