नेकपा धनकुटाले रोप्यो ७ हजार ५ सय विरुवा !
धनकुटा खबर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव स्व,र्गिय पुष्पलाल श्रेष्ठको ४२ स्मृति दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पाटी नेकपा धनकुटाले जिल्ला सात स्थानिय तहका विभिन्न स्थानमा ७ हजार ५ सय विरुवा रोपेको जनाएको छ ।

नेकपाले सल्लो ,एवोकाडो,धुपी, तेजपता गुराँस लगाएतका ७ हजार ५ सय विरुवा रोपेको प्रचार तथा प्रकाशन विभाग प्रमुख अर्जुन राईले जानकारी दिनु भयो ।
जस अन्र्तगत चौविसे गाउँपालिकामा ८ सय, साँगुरीगढी गाउँपालिकामा ५ सय , सहिदभूमी गाउँपालिकामा १५ सय, छथरजोपाटी गाउँपालिकामा १ हजार, महालक्ष्मी नगरपालिकामा ७ सय, पाख्रीवास नगरपालिकामा १ हजार र धनकुटा नगरपालिकामा २ हजार विरुवा रोपिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राईले जानकारी दिनु भयो ।


