सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी

पूर्णप्रसाद मिश्र,काठमाडौँ । कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ । सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक परिचालकले पालना गरेका छैनन् । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको यात्रु नवराज भण्डारीले गुनासो गर्नुभयो ।

यात्रु चढेर ओर्लेपछि छोटो दूरीमा पनि न्यूनतम् रु २५ भाडा लिइए पनि सिट क्षमताको आधा यात्रु नराखेको उहाँले बताउनुभयो । सिट क्षमताको आधामात्र यात्रु राख्न नै ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको हो । परिचालकले चढ्नेलाई नआऊ भन्न नसकिने भनी उत्तर दिने गरेको नेपाल यातायातमा यात्रा गरी झर्नुभएकी यात्रु पार्वती घोरासैनीले बताउनुभयो । सार्वजनिक सवारी सिटभर यात्रु भरिएर उभिरहेका बेला पनि आधा घण्टासम्म कुरेर पर्खने क्रम दोहोरिन थालेको उहाँको गुनासो छ ।

केही दिन अघिसम्म काठ क्षेत्रका सवारीमा मात्र यात्रुको भीड देखिने गरेकामा अब भित्री शहरमा चल्ने सवारीमा पनि भीड बढ्न थालेको छ । भित्री शहरमा चल्ने नेपाल यातायात, कान्तिपुर यातायात, विभिन्न स्थानमा चल्ने माइक्रो र सफा टेम्पोमा पनि सिटभर यात्रु देखिन थालेका छन् । अनुगमनको जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता बामदेव गौतम जनशक्ति अभावका कारण सबैतिर आवश्यकता अनुसार अनुगमन गर्न नसकिएको स्वीकार्नुहुन्छ । हाल उपत्यकामा पोशाक एवं सादा पोशाकमा समेत गरी २९ टोली सार्वजनिक यातायात अनुगमनकै लागि खटाइएको उहाँले सुनाउनुभयो । शुक्रबार सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने १९ सवारीलाई कारवाही गरिएको थियो ।

शनिबार भने सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी कमै भेटिएका थिए । यसैगरी सरकारले तोकेको साविकको भाडादरमा ५० प्रतिशतभन्दा बढी भाडा लिने १३ वटा माइक्रो र ट्याक्सीलाई सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार रु ५०० भन्दा बढी जरिवाना गरिएको छ । महाशाखाले शनिबार ८०४ सार्वजनिक सवारीमा अनुगमन गरेको थियो ।

आज सार्वजनिक सवारीमा बढी यात्रु चढेको भन्ने सूचना प्राप्त भएकाले मोटरसाइकलमा पनि अनुगमन टोली पठाइएको छ । टोलीले बढी यात्रुलाई सवारीबाट झारेर चिट काटी छाड्ने गरेको छ । सार्वजनिक सवारीले ५० प्रतिशतभन्दा बढी भाडा लिन बसभित्र स्यानिटाइजरलगायत सुरक्षा व्यवस्था मिलाएको हुनुपर्ने व्यवस्थाको पनि पालना भएको छैन ।

सार्वजनिक यातायातमा साबुन पानीले हात धुने व्यवस्था गर्न पानीको अभावका कारण कठिन छ । सार्वजनिक यातायातमा भीड बढेसँगै पुनःसङ्क्रमण बढ्नसक्ने खतरा देखिएको छ । सार्वजनिक यातायातमा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखे, तोकिए भन्दा बढी भाडा लिएमा ट्राफिक प्रहरीको १०३ नं मा सम्पर्क गरेर उजूरी गर्न सकिने विभागका महानिर्देशक गोगनबहादुृर हमालले बताउनुभयो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।