स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी सञ्चालन गर्न कार्यदलको आग्रह

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर सङ्गठन सम्मिलित कार्यदलले स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

कार्यदलले आज संयुक्त विज्ञप्ति जारी गरी जिल्ला–जिल्लामा सवारी साधन सञ्चालन गर्दा एक जिल्लाबाट अर्को जिल्लामा जाने यात्रुले धेरै दुःख भोग्नुपरेको भन्दै स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको हो । “एक जिल्लाबाट अर्को जिल्लामा जाँदा झिटिगुन्टा, बालबच्चा बोकेर घामपानी नभनी हिँडिरहेका छन्, वृद्धवृद्धा र बालबच्चाको अवस्था पीडादायी हुँदै गएको छ, यसरी हिँड्दा कोरोनाको सङ्क्रमण दरसमेत बढ्न जाने देखिन्छ, त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर सार्वजनिक यातायात निर्वाध ढङ्गले चल्न दिन आग्रह गर्दछौँ”, कार्यदलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कार्यदलले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लामो, मध्यम, छोटो र स्थानीय रुटमा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने वैधानिक प्रावधान भएकाले सोही बमोजिम लामो दूरीमा सार्वजनिक सवारी साधन सञ्चालनको वातावरण मिलाउनुपर्ने बताएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले निजी सवारी साधनले चर्को भाडा लिएर यात्रु ओसारेको भन्दै भाडाका सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न दिन आग्रह गर्नुभयो ।

कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएको यातायात सहज रुपमा सञ्चालनका लागि सरकारसँग आवश्यक छलफल गरी समस्यालाई समाधान गर्नका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र तीनवटै मजदुर सङ्गठनका अध्यक्षसमेत रहेको कार्यदल गठन गरेको थियो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।