धनकुटाबाट कोरोना परिक्षणका लागि पठाइएको ३१ जनाको रिपोर्टको आउन बाँकी !
धनकुटा खबर, १४ साउन । धनकुटाबाट कोरोना परिक्षणका लागि पठाइएको ३१ जनाको रिपोटको आउन बाँकी रहेको स्वाथ्य कार्रयालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनुभयो ।

चौविसे गाउँपालिकाका १५ र शहिदभूमि गाउँपालिकाका १६ जनाको रिपोट आउन बाँकी रहेको प्रमुख गुराँगाईले जानकारी दिनु भयो । यस अघि नै २ महिला सहित ९ जना पूरुषले कोरोना लाई जितेर फर्किसकेका छन् भने ५ जना अझै उपचारको क्रममा रहेको समेत प्रमुख गुराँगाईले बताउँनु भयो । (फाईल फोटो)


