कांग्रेसमा दिन-प्रतिदिन युवाहरुको आर्कषण बढ्यो, अब नयाँ शैली र ढाँचाबाट अगाडी बढ्नुपर्छ

धनकुटा खबर । पार्टी संगठनलाई नयाँ शैली र ढाँचाबाट अगाडी बढाउन आवाश्यक रहेकोमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले जोड दिएकाछन् । आज धनकुटाको हिलेमा आयोजित वृहत कार्यकर्ता भेलालामा उनिहरुले त्यस्तो कुरामा जोड दिएका हुन् ।

भेलामा नेपाली कांग्रेस धनकुटाका सचिव एवम् संगठन विभाग प्रमुख विजय सन्तोषी राईले नेपाली कांग्रेसमा दिन प्रतिदिन युवाहरुको आर्कषण बढ्दै गएकाले अव पार्टीलाई अझ सशक्त बनाउन युग सुहाउँदो अहिलेको युवा पुस्ताको चाहना अनुसार रुपान्तरण गर्दै लाग्नु पर्ने वताउनु भयो । उहाँले नेपाली कांग्रेस पार्टीमा प्रवेशको लहर तिव्ररुपमा वढेकोले सवैमा उत्साह र उर्जा थपिदै गएको धारण राख्नु भयो ।

नेपाली कांग्रेस धनकुटा १ हिलेका सभापति शम्शेर गोङ्वा तामाङ्को अध्यक्षतमा सम्पन्न कार्यकर्ता भेलामा सहभागीत नेता तथा कार्यकर्ताहरुले कांग्रेस ईतिहास बोकेको र वर्तमानमा सफलता प्राप्त गर्दै भविष्य समेत सुनश्चित भएको पार्टी भएको भन्दै १४ औं महाधिवेशनलाई सफल बनाउन व्यापक रुपमा क्रियाशिल सदस्यता वितरण गर्नु पर्नेमा जोड दिएका थिए। भेलाको सञ्चालन सचिव मेघराज शाहीले गर्नु भएको थियो ।

भेलामा धनकुटा नगरपालिकाका पूर्व कार्यवहाक मेयर हेम वहादुर तामाङ्,नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिका सदस्य रुकमान तामाङ्,प्रदेश क्षेत्रिय सभा निर्वाचिन कार्य समितिका सहसचिव बुद्ध तितुङ्ग,समाजसेवी तथा यूवा नेता इन्द्र तितुङ्ग,यूवा नेता अच्युत अघिमिरे, महिला संघकी वडा सभापति मेनुका शाही लगायतले पार्टीलाई अव नया ढंगबाट पुर्नसंगठित गरी अगाडी बढाए मात्र सफलता प्राप्त गर्न सकिने वताएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।