धनकुटामा मास्क लगाउन अटेर गर्ने ६ जना गस्ति टाेलिको फन्दामा, एक-एक सय तिराएर छाडियो
धनकुटा खबर । धनकुटामा मास्क लगाउन अटेर गर्ने ६ जना व्यक्ति कारवाहीमा परेकाछन् । मास्क लगाउन पटक पटक गरिएकाे सूचनालाई वेवास्ता गरि विना मास्क सार्वजनिक स्थलमा हिडडुल गर्नेलाई कार्वाही गरिएकाे जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यलय धनकुटाबाट खटिएकाे गस्ति टाेलिले आज साँझ ६ वजे तिर उनिहरुलाई पक्राउ गरेको थियाे । धनकुटा नगर क्षेत्र भित्र सवारी साधन मार्फत विना मास्क हिडडुल गरिरहेका मध्ये ६ जनालाई सम्झाई वुझाई गर्दा पनि अटेर गरेपछि पक्राउगरी जिल्ला प्रशासन कार्यलयमा लगेर प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीकाे उपस्थितीमा कारवाही स्वरुप प्रतिव्यक्ति १,१ सय रुपयाँ जरिवाना तिराइएर छाडिएको हाे ।
अन्य १ सय ५० जनालाई मास्क लगाउन भनि सम्झाई वुझाई छाडिएको प्रहरीले जनाएकाे छ । कोरोना भाइरस कोभिड-१९ को जोखिम नहटेकोले यसको संक्रमणबाट शर्तक रहन संक्रमक रोग ऐन २०२० को दफा ३.१ वमाेजिम उनिहरुलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयाे ।


