धनकुटाका जेष्ठ नागरीकद्वारा स्वास्थ्य सामग्री वितरण
धनकुटा खबर । धनकुटा नगरपालिका ७ नम्बर वडा जेष्ठ नागरीक वडा समितीले आफ्नो वडा भित्र रहेका ७५ बर्षमाथीका जेष्ठ नागरीकहरुलाई कोरोना भाईरसको जोखिमलाई कम गर्ने भन्दै स्वास्थ्य सामग्री वितरण गरेको छ ।
जेष्ठ नागरीक वडा समितीले हातधुने सावुन, लुगाधुने साबुन, सेनिटाइजर, माक्श, विस्कुट र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने औषधी वितरण गरिएको जेष्ठ नागरीक ७ नम्बर वडा समितीका अध्यक्ष बुद्धिकान्त घिमिरेले जानकारी दिनु भयो ।
वडा भित्रका ७० जना जेष्ठ नागरकि लाई स्वास्थ्य सामग्री वितरण गर्ने लक्ष्य अनुसार आज ४५ जना लाई वितरण गरिएको र भोली अन्य लाई वितरण गरिने अध्यक्ष घिमिरेले बताउँनु भयो ।
स्वाथ्य सामग्री वितरण कार्यक्रमा जेष्ठ नागरकि जिल्ला संघ धनकुटाका अध्यक्ष टिकाप्रसाद घिमिरे उपाध्यक्ष जया राई सहित जेष्ठ नागरीक ७ नम्बर वडा समितीका पदाधीकारी र सदस्यहरुको समेत उपस्थिीती रहेको थियो ।


