स्थायी आम्दानीको लागी फलफुल खेती !

धनकुटा खबर । स्थायी आम्दानीको स्रोतका लागि धनकुटा उद्योग बाणिज्य संघको कार्यालय परिषरको जग्गामा स्थायी आम्दानीको लागी फलफुल खेती कार्यक्रम अन्र्तगत आज पनि धनकुटा उद्योग बाणिज्य संघले विभिन्न जातको फलफुलको विरुवाहरु रोपेको छ ।

धनकुटा उद्योग बाणिज्य संघको परिषरको जग्गामा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे,वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग,उपाध्यक्ष खगेन्द्र विष्ट,महासचिव राम वहादुर गोङ्वा,सचिव श्रीराम रायोमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले फलफुका विरुवाहरु रोपेका थिए।

एभोकाडो,सुन कागती,तेजपात,अम्वा लगायतका विभिन्न जातका ५७ विरुवाहरु संघको परिषरको जग्गामा आज रोपिएको कार्यालय सचिव सचिन प्रधानले वताउनुभ भयो । यसैगरी धनकुटा उद्योग बाणिज्य संघको आजै बैठक वसी विभिन्न निर्णयहरु गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षमा भएको बैठकले धनकुटा शाखाका तर्फबाट निवर्तमान अध्यक्ष उमेश घिमिरेलाई केन्द्रिय सदस्यमा उठाउने निर्णय गरेको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गको संयोजकत्वमा बार्षिक कार्यक्रम निर्माण समति,उपाध्यक्ष खगेन्द्र विष्ठको संयोजकमा हिलेमा निर्माण गरिएको वयर हाउसको संचालन र त्यसको अवस्थाको विषयमा अध्ययन गर्न समिति गठन गरिएको र कोषाध्यक्ष रुपेश श्रेष्ठको संयोजकत्वमा सघको चल अचल सम्पत्तिको वारेमा अध्ययन गर्न समिति गठन गरिएको र उक्त समितिहरुले प्रतिवेदन तयार गरी आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी समेत दिएको महासचिव रामवहादुर गोङ्वा तामाङ्गले वताउनु भयो ।

बैठकले धनकुटाको सात वटै पालिकामा कर शिक्षा संचालन गर्ने,कोरोना भाईरस विरुद्ध जनचेता अभियान संचालन गर्ने माक्स लगाउने अभियान संचालन गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णहरु गरिएको सचिव श्रीराम रायोमाझीले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।