धनकुटाको पाख्रीवासका ५५ जना एकल महिलालाई जिपी फाउण्डेशनको राहत
धनकुटा खबर । जिपी कोईराला फाउण्डेशन प्रदेश १ ले आज धनकुटाको पाख्रीवास नगरपालिका ९ का ४० परिवारका ५५ जना एकल महिलालाई राहत वितरण गरेको छ ।
जिपी फाउण्डेशन प्रदेश १ का अध्यक्ष ईन्दिरा थापाको प्रमुख आतिथ्य तथा फाउण्डेशनका पाख्रीवास नगर सदस्य डिवि मोक्तान तामाङको अध्यक्षतामा उत्तरपानीमा आयोजित कार्यक्रममा उनिहरुलाई २५,२५ केजी को एक एक वोरा चामल, १,१ केजी नुन, आधा आधा लिटर तेल लगायतका सामाग्री राहत वितरण गरिएको हो ।

ती सामाग्री फाउण्डेशनका प्रदेश १ अध्यक्ष थापा र फाउण्डेशनका पाख्रीवास नगर सल्लाहकार ज्ञान वहादुर गुरुङले हस्तान्तरण गरेको नगर सचिव सन्तोष मानन्धरले जानकारी दिनुभयो । स्व गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तिको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको सञ्चालन फाउण्डेशनका पाख्रीवास नगर अध्यक्ष जयन्द्र घिसिङले गर्नुभएको थियो । कार्यक्रममा फाउण्डेशनका नगर सल्लाहकार प्रेम भण्डारी,सदस्यहरु मनिष राई, तरुण दल नगर अध्यक्ष रवि कुमार राई, विमल गुरुङ,वीर वहादुर थापा लगायत स्थानियको उपस्थिती थियो ।


