धनकुटामा मास्क लगाउन अटेर गर्ने १९ जनालाई कारबाही
धनकुटा खबर । धनकुटामा मास्क लगाउन अटेर गर्ने १९ जना व्यक्ति कारवाहीमा गरिएको छ । मास्क लगाउन पटक पटक गरिएको सूचनालाई वेवास्ता गरि विना मास्क सार्वजनिक स्थलमा हिडडुल गर्नेलाई साउन १५ देखि आज सम्म १९ जना लाई कार्वाही गरिएको जिल्ला प्रशासन कार्यलय धनकुटाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय धनकुटाबाट खटिएको गस्ति टोलिले प,क्राउ गरी ल्याएका १९ जना लाई प्रतिव्यक्ति १,१ सय रुपयाँ जरिवाना तिराइएर छाडिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीको जानकारी दिनु भयो ।
कोरोना भाइरस कोभिड १९ को जोखिम नहटेकोले यसको संक्रमणबाट शर्तक रहन संक्रमक रोग ऐन २०२० को दफा ३.१ वमोजिम उनिहरुलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यलय धनकुटाकाले जनाएको छ ।


