उच्च अदालत विराटनगर धनकुटा इजालसको प्रगति सार्वजनिक
धनकुटा खबर । उच्च अदालत विराटनगर धनकुटा इजालसले आर्थिक बर्ष ०७६÷७७ को लक्ष्य र भएको प्रगति सार्वजनिक गरेको छ । धनकुटामा पत्रकार भेटघाट गर्दै इजलासले आर्थिक बर्ष ०७६÷७७ को लक्ष्य र भएको प्रगति सार्वजनिक गरेको हो ।
जिम्बेवारी सरेका ८८ नयाँ दर्ता २०७ मध्ये २ सय २३ अर्थात ७५.५९ प्रतिशत मुद्धा फछर्यौट भएको इजालसका रजिस्टार शम्भु प्रसाद बरालले जानकारी दिनु भयो । त्यस्तै निवेदन प्रतिवेवन तर्फ भने लक्ष्य र प्रगती शतप्रतिशत रहेको रजिस्टार बरालले जानकारी दिनु भयो ।

त्यस्तै आर्थिक बर्ष ०७७÷७८ को लक्ष्य निर्धारणको अनुमान समेत सार्वजनीक गरेको छ । जस अनुसार नयाँ दर्ता अनुमान ३ सय २६ र मुद्धा फछर्यौट अनुमान २ सय ३५ गरिएको छ भने निवेदन तथा प्रतिवेदन ४७ मा सबै फछर्यौट गर्ने अनुमान गरिएको इजलासले जनाएको छ । साथै २०७७ भदौ १ गते बाट मुद्धा व्यावस्थापन पद्धति म्ऋः लागु गरिने समेत भेटघाट कार्यक्रमा जानकारी दिइएको थियो ।
कार्यक्रमा बोल्नु हुदै नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले सबै नागरीक लाई न्यायको पहुँच हुनु आवश्यक रहेको बताउनु भयो । उच्च अदालत विराटनगर धनकुटा इजालसलकी मूख्य न्याधीस निता गौतमले अहिले अदालतले दिने अन्तिरम आदेश र अन्तीम फैसला लाई फरक रुपले हेर्नु पर्ने बताउनु भयो साथै उच्च अदालत विराटनगर धनकुटा इजालसले न्यायदिन समेत ढिला नगरेको बताउँनु भयो ।


