धनकुटाको चौबिसेमा अस्थायी प्रहरी पोष्टको उद्घाटन

धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिका–८ सम्मेवामा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको छ । प्रहरी प्रधान कार्यालयद्धारा २०७७ साउन ७ गते स्वीकृति गरिएको यो प्रहरी पोष्टको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

करिब ८ वर्ष अगाडीदेखिको स्थानीयवासीको मागलाई मध्यनजर गर्दै सम्मेवामा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र बताउनुभयो । सम्मेवा धनकुटा र मोरङ जिल्लाको सिमावर्ती क्षेत्र भएकोले यस क्षेत्रमा सूुरक्षा चुनौति बढी रहेको उल्लेख गर्दै उर्हाँले अस्थायी प्रहरी पोष्ट स्थापना भएसँगै सूुरक्षा व्यवस्था मजबुद हुने अपेक्षा व्यक्त गर्नुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विमलीले प्रहरी पोष्टको उद्घाटन समारोहमा बोल्दै साम्मेवामा अस्थायी प्रहरी पोष्ट स्थापना भएसँगै सो क्षेत्रको सूरक्षा अवस्था मजबुद भएको बताउनुभयो । प्रहरी र नागरिक बीच एकअर्कामा नङ र मासुको जस्तै सम्बन्ध भएका कारण नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भएकाले समाजमा शान्ति सूुरक्षा कायम राख्न सबै मिलेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।

अस्थायी प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, पूर्व जनप्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारी, बरख गणका प्रमुख भगवान कोइराला, शसस्त्र प्रहरी बल छिन्ताङ गुल्मका गुल्मपति डिएसपी सचिन कर्माचार्य, छिमेकी जिल्ला मोरङको केराबारी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर लिम्बू लगायतको उपस्थिती थियो । अस्थायी प्रहरी पोष्टमा असईको कमाण्डमा ७ जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖