आदिवासी पत्रकारले भर्चुअल प्रविधिबाट स्थापना दिवस मनाउने

धनकुटा खबर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ (फोनिज)ले आफ्नो २१ औं स्थापना दिवश भर्चुअल प्रविधिबाट कार्यक्रको आयोजना गरी मनाउने भएको छ ।

महासंघको साउन २३ गते शुक्रबार बसेको सातौ बैठकले कोरोनाका कारण सुरक्षित रहंदै स्थापना दिवस मनाउन यस्तो निर्णय गरेको महासचिव सचिव बिदुर खवासले जानकारी दिए । समितिका प्रदेश नं १ का अध्यक्ष अर्जुन जम्नेली राईको अध्यक्षतामा बसको बैठकले बिभिन्न निर्णय गरेर कार्यान्वयनका लागि जिल्लाहरुमा परिपत्र गरिएको छ ।

समितिले साउन २७ गते पर्ने स्थापना दिवस भर्चुअल माध्यमबाट दिनको ११ः ३० बजे कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । कार्यक्रममा संघ, प्रदेश,जिल्लामा रहेका सबै पदाधिकारी तथा सदस्यहरुलाई सकेसम्म सहभागि गराउने,त्यस्तै अन्य संघ संगठनका ब्याक्तित्वहरुलाई समेत सहभागि गराई एक घण्टाको अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

जिल्लाको हकमा भने कोरोनाबाट बचेर विभिन्न रचनात्मक कार्यक्रम गरी भव्यताका साथ मनाउन सम्बद्ध सबै प्रदेश नं १ को समितिलाई परिपत्र गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖