धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा ताला !

धनकुटा खबर । धनकुटा बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । आंशिक प्राध्यापकहरुको देश व्यापी आन्दोलनको कार्यक्रम अन्र्तगत आइतबार धनकुटामा पनि आंशिक प्रध्यापक समितीले धनकुटा बहुमूखी क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंशिक प्राध्यापकहरुको समस्या समाधानार्थ विश्वविद्यालयले बेवास्ता गरेको भन्दै आंशिक प्राध्यापकहरुको देश व्यापी आन्दोलनको कार्यक्रम अन्र्तगत आंशिक प्रध्यापक समितीले धनकुटा बहुमूखी क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाई क्याम्पस प्रशासनमा धर्ना दिइएको आंशिक प्रध्यापक समितीे धनकुटा बहुमूखी क्याम्पसका सचिव रमेश श्रेष्ठले बताउँनु भयो ।

विश्वविद्यालयले लामो समयदेखि आंशिक प्राध्यापकहरुलाई अति न्यून दैनिक ज्यालामा काम लगाएको र पटक पटक राखिएका आफ्ना माग लाई वेवास्था गरिएकोले बाध्य भएर फरी आन्दोलनमा उत्रिनु परेको उहाँको भनाई थियो । केन्द्रीय समितिले तय गरेको कार्यक्रम अनुसार प्रमुखको कार्यकक्षमा ताला लगाई क्याम्पस प्रशासनमा धर्ना दिएको श्रेष्ठले बताउँनु भयो ।

नियुक्त भइसकेका आंशिक प्राध्यापकहरुलाई प्रक्रिया पुरा गरी दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा राख्नु पर्ने पेशागत सुरक्षा प्रत्याभूत गर्नु पर्ने लगायतका माग आफूहरुको रहेकोउहाँको भनाई थियो ।

आन्दोलनको कार्यक्रम अन्र्तगत भोली लेखाशाखामा तालाबन्दी गर्ने कार्यक्रम रहेको र मंगलबार सम्ममा पनी मागको सुनुवाइ नभए केन्द्रको निर्देशनमा अन्य कार्यक्रम तय गरिने समितिले जनाएको छ । धनकुटा बहुमूखी क्याम्पस १४ जना आंशिक प्रध्यापक कार्यरत रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖