नेपाल आदिवासी जनजाति महासंघ धनकुटाले मनायो २६औं विश्व आदिवासी दिवश
धनकुटा खबर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनककुटाले २६औं विश्व आदिवासी दिवशको अवसरमा आज महासंघको सभाहलमा शुभकामना आदानप्रदान तथा आदिवासी जनजातिहरुको हक अधिकारको सवालमा अन्र्तक्रिया कार्यक्रम गर्नुको साथै सरकारलाई ज्ञापनपत्र पठाएकोछ ।
महासंघका अध्यक्ष सन्जय सन्तोषी राईको सभापतित्वमा भएको औपचारिक कार्यक्रम पश्चात जिल्ला समन्वय समिति धनकुटा मार्फत प्रधानमन्त्रीलाई पठाईएको ज्ञापनपत्रा उपप्रमुख बंगला कुमारी राईलाई बुझाईएको थियो । उपप्रमुख बंगला राईले सो ज्ञापन पत्र बुझ्दै आफ्नो अधिकारको सवालमा नेपाल आदिवासी जनजाति महासंघ धनकुटा सचेत भएर लागेको बताउनु हुँदै अधिकार दिन सरकारले कन्जुस्याई गर्न नहुने बताउनु भयो ।
महासंघको सभाहलमा आयोजित कार्यक्रममा महासंघ धनकुटाका संस्थापक संयोजक एवं संविधनसभाका माननीय सदस्य दुर्गा लिंखा याखाले आदिवासी जनजातिहरु आफ्नो माग राख्न र आन्दोलन गर्न एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

सो कार्यक्रममा महासंघका पूर्व अध्यक्ष पार्वती राई, किरात याक्थुङ चुम्लुङ धनकुटाका अध्यक्ष कमलसिंह तिगला लिम्बु, किरात याक्खा छुम्मा धनकुटा अध्यक्ष नगेन्द्र देवान, भुजेल सेवा समाजका अध्यक्ष जेपी भुजेल, तमु हिल्वा छोजधी धनकुटाका सचिव निरोज गुरुङ, खड्गी सेवा समाजका अध्यक्ष मिलन खड्गी, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाका अध्यक्ष रविन खड्गी, आदिवासी विद्यार्थी महासंघका कार्यवहाक अध्यक्ष सन्जय भुजेल लगायतका बक्ताहरुले बिचार ब्यक्त गर्नु भएको थियो । ‘पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संसोधनको आन्दोलन हाम्रो साझा वहस हुनु पर्ने बतmाहरुको माग थियो ।
स्थानीय विकास र महामारीमा बच्ने तथा बचाउने पक्षमा २६औं विश्व आदिवासी दिवस भन्ने नारा तयगरी मनाइएको सो कार्यक्रम सहसचिव सुरेस याम्फुले गर्नु भएको थियो भने स्वागत महासंघ धनकुटाका सदस्य एवं पंदेश सचिव जोगमाया लुम्बा याक्खाले गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष सन्जय सन्तोषी राईले मुलुकमा कोभिड भाईरसको रोकथाम पछिको सहज अवस्थामा आदिवासी जनजातिहरु आफ्नो अधिकार प्राप्तीको आ,न्दोलनलाई सश,क्त बनाएर अधिकार लिएर छाड्ने उद्घोष गर्नुभयो ।


