धनकुटाको मौनाबुधुकमा जनजाति संग्राहलय भवनको उदघाटन

धनकृटा खबर । २६ ‌औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ चौविसे वडा समन्वय परिषदको सक्रियतामा चौविसे गाउँपालिकाको १० लाख र समितिको ३ लाख गरी जम्मा १३ लाख लगानीमा चौविसे ७ मौनाबुधुकमा नव निर्मित जनजाति संग्राहलय भवनको आज एक कार्यक्रमका विच प्रमुख अतिथि चौविसे गाउँपालिकाका अध्यक्ष श्री खजिन्द्र राई उदघाटन गर्नु भएको छ ।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ चौविसे गाउँ समन्वय परिषदका मंगल कुमार लिम्बु दिवा गर्नु भएको थियो भने उक्त्त कार्यक्रममा ७ नं वडा अध्यक्ष दुर्गा सुवेदी जनजाती महासंघका पदाधिकारीहरु जग्गा दाताहरु चन्दा दाताहरु राजनितिक दलका प्रतिनिधिहरु लगायत एकल जातिय प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा जग्गा दातालाई सम्मान तथा झाँकी कार्यक्रम समेतो भएको थियो । भने कार्यक्रम सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ चौविसे वडा समन्वय परिषद मौनाबुधुकको अध्यक्ष अमर चेम्जोङ्ग गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।