भेडेटारमा कर शिक्षा सम्वन्धि घुम्ति शिविर

धनकुटा खबर । पूर्वकै चर्चित पर्यटकीय स्थल धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटारमा धनकुटा उद्योग बाणिज्य संघले आज कर शिक्षा सम्वन्धि घुम्ती शिविर सञ्चालन गरेको छ । करदाता सेवा कार्यालयको धनकुटाको सहयोग र होटल एशोसिएशन भेडेटारको समन्वयमा कर शिक्षा सम्वन्धि घुम्ति शिविर सञ्चालन गरेको हो ।

भेडेटारका व्यपारी, व्यावसायी र उद्योगीहरुका लागि सञ्चालित शिविर उद्घाटन गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले मुलकलाई समृद्ध बनाउने आधार कर भएको वताउनु भयो ।

त्यस्तैकरदाता सेवा कार्यालय धनकुटाका डाटा इन्ट्री सुपरभाईजर अनुजा पराजुलीले शिविरको सहजिकरण गर्दै समयमै कर तिरेर सभ्य तथा अनुशासित व्यावसायी बन्न सवैलाई आग्रह गर्नुभयो । शिविरमा धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट सहभागीहरुलाई मास्क र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी र सुरक्षित सामाग्री पनि वितरण गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।