धनकुटामा वृक्षरोपण गर्दै मनाईयो वन दिवस

धनकुटा खबर । ‘पाँचौ सामुदायिक राष्ट्रिय वन दिवस आज धनकुटामा वृक्षरोपण गर्दै मनाईएको छ । सामुदायिक वन उपभोक्क्ता महासंघ धनकुटाको आयोजना र डिभिजन वन कार्यलय धनकुटाकोे समन्वयमा घेल्पे पाटङ्वा सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवाहरु रोपण गरिएको हो ।

सल्ला, एवोकाडो, उतिस, कल्की फुल, कागती लगायतका विरुवा रोप्दै यो दिवस मनाईएको सामुदायिक वन उभोक्क्ता महासंघ फेकोफन धनकुटाका अध्यक्ष निल बहादुर थापाले वतानु भयो ।

वृक्षरोपण कार्यक्रममा फेकोफनका केन्द्रिय सदस्य शिव आङ्लाले महासघंले सामुदायिक वन उपभोक्क्ताहरुको हक हितका लागि बनेका कानुनहरुले काम गर्न सक्यो सकेन भन्ने विषयको सेरोफेरोमा रहेर अगाडी वढ्न सक्यो भने मात्र सिङ्गो राष्ट्रलाई अगाडी वढाउन सकिने वताउनुभयो ।

साथै रोपिएका बोट विरुवाहरुको संरक्षणमा सधै उपभोक्क्ताहरु जुट्नु पर्ने पनि उहाँले वताउनुभयो । कार्यक्रममा घेल्पे पाटङ्वा सामुदायिक वन उपभोक्क्ता महासंघ धनकुटाका अध्यक्ष दुर्गा न्यौपाने, फेकोफनका प्रदेश सचिव राजेन्द्र खड्का, डिभिजन वन कार्यलयका प्रधाधिकारी, उपभोक्क्ता, पत्रकार लगायतको उपस्थिति रहेको थियो । दिवसको नारा समृद्धिका लागि वन उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने तय गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖