धनकुटा बहुमुखी क्याम्पसको लेखाशाखामा पनि तालाबन्दी!
धनकुटा खबर । धनकुटा बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले आज लेखाशाखामा तला लगाएका छन् । आंशिक प्राध्यापकहरुको देश व्यापी आन्दोलनको कार्यक्रम अन्र्तगत सोमबार धनकुटामा पनि आंशिक प्रध्यापक समितीले धनकुटा बहुमूखी क्याम्पसको लेखाशाखामा ताला लगाएका हुन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंशिक प्राध्यापकहरुको मागको समस्या समाधानार्थ विश्वविद्यालयले बेवास्ता गरेको भन्दै आंशिक प्राध्यापकहरुको देश व्यापी आन्दोलनको कार्यक्रम अन्र्तगत आंशिक प्रध्यापक समितीले धनकुटा बहुमूखी क्याम्पसको लेखाशाखामा लगाइएको आंशिक प्रध्यापक समितीे धनकुटा बहुमूखी क्याम्पसका सचिव रमेश श्रेष्ठले बताउँनु भयो ।
केन्द्रीय समितिले तय गरेको कार्यक्रम अनुसार हिजो प्रमुखको कार्यकक्षमा ताला लगाएका प्रध्यापकहरुले लेखाशाखामा तालाबन्दी गरेका हुन्न् । मंगलबार सम्ममा पनी मागको सुनुवाइ नभए केन्द्रको निर्देशनमा अन्य कार्यक्रम तय गरिने समितिले जनाएको छ ।
यो पनि हेर्नुहोस् – धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा ताला !


