मलामी गएका धनकुटाका युवा तमोरमा नुहाउने क्रममा बगेर बे प त्ता
धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका ५ हंसमोरङका एक व्यक्ति आज तमोर नदीमा वे,पत्ता भएकाछन् । हंसमोरङका उत्तर बहादुर याख्खाको ३३ वर्षका छोरा महेन्द्र याख्खा छिमेकीको मलामी आएको समयमा नदीमा नुहाउने क्रममा अचानक वगेर वे,पत्ता भएको प्रहरीले जनाएको छ ।

उनि नदीमा डुवेको भन्ने खवर अस्थायी प्रहरी पोष्ट मौनावुधुकलाई जानकारी प्राप्त भएपछि त्यहाँका प्रहरी सहायक निरिक्षक, प्रहरी चौकी मुलघाटका प्रहरी सहायक निरिक्षकको कमाण्डमा र शस,स्त्र प्रहरी बल बेस क्याम मुलघाटबाट समेत टोलि खटी खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । (फाईल फोटो)


