सजना मृ,त्यु प्र,करणमा धनकुटा प्रहरीले जाहेरी लिएन ! प्रहरी भन्छ,- ‘ह,त्या हैन आ,त्म,ह,त्या हो ।’
धनकुटा खबर । धनकुटा पाख्रिबास नगरपालिका ८ भुँवरेकी सजना श्रेष्ठ आ,त्म,ह,त्या प्र,करणमा प्रहरीले किटानी जाहेरी नलिएपछि उनका माईती पक्षले पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन् ।
भोजपुर नगरपालिका वडा नं. १० माईत घर भएकी ३४ बर्षिया श्रेष्ठको गएको साउन २४ गते झु,ण्डिएर मृ,त्यु भएको थियो । उनको श्रीमान गणेश प्रधान बिदेशबाट आएपछि उनको मृ,त्यु भएको थियो ।
उनीहरुले सजनालाई झु,डिएको हैन झु,ण्डाईएको हो, घ,टनालाई निश्पक्ष छानविन गर,अ,पराधिलाई कार्वाही गर भन्ने माग गर्दै पत्रकार सम्मेलन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले उनको ह,त्याको किटानी जाहेरी लिन नमानेपछि आ,क्रो,शित परिवारले सरकारी वकील कार्यालयमा जाहेरी दर्तागरी पत्रकार सम्मेलन गरेका हन् ।
माईती पक्षले पाख्रिबास ८ का बर्ष ३८ का ज्वाई गणेश प्रधान ससुरा डम्बर र सासु भिकुमारी प्रधान बिरुद्ध ह,त्याको जाहेरी दर्ता गरेका छन् । मृ,तकका आफन्तहरुले ज्वाईले फेबुक म्यासेन्जरमा १५६ पेज लामो अ,श्लिल गा,ली सहित ज्यान मा,र्न दिएको धम्की र अडियो रेकर्ड सुनाएका थिए । घ,टनाको प्रकृति र बिभिन्न प्रमाणको आधारमा मृ,तक सजनाको ह,त्या भएको ठहर आफन्तको ठहर छ ।

प्रहरीले समेत जाहेरी लिन अस्वीकार गरेकोले घ,टना आ,त्म,ह,त्या ह,त्या भएको हुनसक्ने भएकाले दोषीलाई छानविनको दायरामा ल्याउन बिज्ञप्ति मार्फत् बुवा बमबहादुर श्रेष्ठले सरोकारवालाको ध्यानाकर्ष गराएका छन् । घ,टनालाई लिएर धनकुटाका बिभिन्न संस्थामा आवद्ध महिला अधिकारकर्मीहरुले निष्पक्ष छानबिनमा सहयोगका लागि ऐक्यवद्धता जनाएका छन् ।
जाहेरी अस्वीकारको बारेमा भने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले प्रारम्भिक सरजमिन मुचुल्का र डाक्टरी पोसमार्टमका आधारमा आ,त्म,ह,त्या देखिएकोले ह,त्याको जाहेरी लिन नसकिएको उनको भनाई थियो । यद्यपी यस घ,टनाको छानविन जारी रहने उनले धनकुटा खबरलाई जानकारी दिए ।


