फोनिज धनकुटाले मनायो २१ औ स्थापना दिवश

धनकुटा खबर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले आफ्नो २१ औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरी मनाएको छ । कोरोनाका कारण आ–आफ्नो सापेक्षतामा कार्यक्रम सम्पन्न गर्ने क्रममा धनकुटा शाखाले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

फोनिजका जिल्ला अध्यक्ष सन्तबीर लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकारहरुलाई माक्स लगाएतका स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।
फनिज प्रदेशका महासचिव बिदुर खवासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शुभकामना आदान–प्रदान कार्यक्रममा बिभिन्न संन्चागृह तथा संस्थामा आवद्ध पत्रकारहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ धनकुटाका संस्थापक सन्जय सन्तोषी,अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,पूव सभापति बिजय सन्तोषी राई,महासंघका उपाध्यक्ष नगेन्द्र राई, युनियन धनकुटाका उपाध्यक्ष बिकास घिमिरे, कान्तिपुर पब्लिकेशनका रमेसचन्द्र अधिकारी, रेडियो भेडेटारका स्टेशन म्यानेजर पूर्ण चौधरी, फोनिज सल्लाहाकार सोभिस चेम्जोङ लगाएतले शुभकामना दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।