विभिन्न पाटी परि,त्या,ग गरी धनकुटाका ३२ जना नेकपामा प्रवेश
धनकुटा खबर । विभिन्न पाटी परि,त्या,ग गरी धनकुटाको चौविसे र सागुरीगढी गाउँपालिकाको ३२ जना व्यक्ति नेपाल कम्युनिष्ट पाटी नेकपामा प्रवेश गरेका छन् ।
चौविसे गाउँपालिका स्थित नेकपा पाटी कार्यलयमा आज सञ्चालित एक कार्यक्रमको वीच प्रतिनीधि सभा सांसद राजेन्द्र कुमार राईले उनिहरुलाई नेकपामा स्वागत गर्नु भएको छ ।
चौविसे गाउँपालिकाका नेकपा पाटी अध्यक्ष ईन्द्र खत्री को अध्यक्षता तथा प्रतिनीधि सभा संषद राईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा नेपाली कांग्रेस र जनता समाजवादी पाटी परित्याग गरि पूर्ण खजुम, शोभा थेगिम, आकाश देवान, अर्जुन लिम्वु, मनिका चोम्जोङ, खड्ग वहादुर तामाङ, सगुन तामाङ र मनोज लिम्वु लगायत ३२ जना नेकपामा प्रवेश गरेको पार्टीका चौविसे गाउँपालिका प्रचार विभाग प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य गाउँ पाटी सचिवालय सदस्य भरत गिरिले राख्नुभएको थियो भने सञ्चालन सचिव राज कुमार चेम्जोङले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, पाटीका प्रदेश कमिटी सदस्य टिकाराम चेम्जोङ, जिल्ला सचिव ऋषिराम ढुङ्गाना, चौविसे गाउँपालिका पाटी ईञ्चार्ज नैना रुचाल लगायतको उपस्थिती थियो ।


