लकडाउनको पूर्ण रुपमा पालना गर्न धनकुटा उद्योग बाणिज्य संघको आग्रह !

धनकुटा खबर । जिल्लाका उद्योगी, व्यापारी, व्यावसायी सहित सम्पूर्ण सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न धनकुटा उद्योग बाणिज्य संघले आह्वान गरेको छ ।

दिनप्रतिदिन कोरोना भाईरसको संक्रमण धनकुटा जिल्लामा समेत फैलिरहेकोले यहाँको समुदाय स्तरमा फैलन सक्ने खतरा वढेको भन्दै संघले उद्योगी,व्यापारी,व्यवसायी सहित जिल्लावासी सवैलाई निषेधाज्ञाको पूर्ण पालना गर्दै उच्च सर्तकता अपनाउन विज्ञप्ति मार्फत आह्वान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले भाद्र ४ गतेसम्म जारी गरेको निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्दै सूरक्षित रही संयमित रहन सम्पूर्ण उद्योगी, व्यापारी, व्यावसायी र समस्त जिल्लावासीमा आह्वान गरिन्छ धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

जीवन रहे मात्र केहि गर्न सकिने भएकाले आ–आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन समेत सबैलाई संघले विज्ञप्ती मार्फत आग्रह गर्दै खाद्यान्न तथा तरकारी पसलहरु प्रत्येक दिन विहान ७ देखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएकाले जानकारी गराएको छ । साथै समयमा अनिवार्य रुपमा मास्क लगाएर र लगाउन दिएर, सेनिटाइजर वा सावुन पानीले बारम्वार हात धुन लगाएर सूरक्षित ढंगले अत्यावश्यक सामान खरिद विक्री गर्न समेत संघले अनुरोध गरेको छ ।

जिल्लामा समुदाय स्तरमा कोरोना भाईरस फैलन नदिन धनकुटाका उद्योगी, व्यापारी तथा व्यवसायी साथी लगायत सम्पूर्णलाई निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्दै आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरी आफु बाँच्न र अरुलाई पनि बचाउन संघले विज्ञप्ति मार्फत आह्वान गरेको संघका महासचिव रामवहादुर तामाङले वताउनुभएको छ । धनकुटा जिल्लामा अहिले सम्म १८ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।