सदस्यता नविकरणमा ५० प्रतिशत छुट दिने धनकुटा उद्योग बाणिज्य संघको निर्णय

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले यस आर्थिक बर्षको सदस्यता नविकरणमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । लक डाउनका कारण उद्योग,व्यापार व्यावसाय धारासायी वनेर व्यावसायीहरु चरम आर्थिक संकटमा परेको कारण सदस्यता नविकरणमा ५० प्रतिशत छुट दिने निर्णय भएको संघद्धारा संघद्धारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।

कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लक डाउनका कारण व्यावसाय सञ्चालन हुन नसकी अहिले उद्योगी,व्यापारी तथा व्यावसायीहरु चरम आर्थिक मारमा परेकाले संघको तर्पmबाट पनि सदस्यता नविकरणमा पचास प्रतिशत छुट दिने निर्णय गरिएको संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

लक डाउनका कारणआर्थिक संकट वेहोरिरहेका व्यावसायीलाई पूर्ण रुपमा व्यावसाय सूचारु गर्न आकष्मिक,सहुलियत तथा अन्य कर्जा उपब्ध गराउन समेत सरकार समक्ष संघले विज्ञप्ती मार्फत माग गरेको छ । सरकारले पनि प्यानमा दर्ता भएका साना व्यावसायीहरुलाई ७५ प्रतिशत सम्म छुट दिएको र प्यानमा दर्ता गरी लामो समय देखी नविकरण नगरेका तथा प्यानमा दर्ता नगरी व्यावसाय सञ्चालन गरिरहेका व्यावसायीहरुलाई पनि नविकरण र करमा दर्ता गर्नका लागि विशेष छुट दिईएकोले समयमै सदस्यता नविकरण गर्न व्यवसायीहरुलाई संघले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

संघले कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलन सक्ने सम्भावना रहेको भन्दै सूरक्षित तरिकाले व्यापार व्यावसाय सञ्चालन गर्न समेत उद्योगी,व्यापारी तथा व्यावसायीहरुलाई सचेत गराएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।