संस्कृतिक पर्वमा सामाजिक संजालको प्रयोग !
धनकुटा खबर । आफ्ना बाबु वा धर्मपुत्र बनाएका सन्तानले आज बाबुको मुख हेरी भाद्र कृष्ण औँसी मनाउँदैछन् । स्वास्थ अनुकूलको मिठाइ, फलाहार, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ ।
तर पछिल्लो समयमा सामाजीक संजालका प्रयोग बढे संगै बाबुको तस्बिरहरु सामाजीक संजालमा राख्नेको संख्या भने अत्यादिक देखिन थालेको छ । दि,वङ्गत पिताप्रति पनि यसै दिन उत्तरवाहिनी गोकर्णेश्वर, देवघा,ट विभिन्न तिर्थ स्थलहरुमा श्रा,द्ध तर्पण दान आदि गरेर बाबुको योगदानको स्मृति गर्ने पनि गरिन्छ तर पनि अहिले दि,वङ्गत बाबुको फोटोलाई समाजिक संजालमा राखेर बुवाले गरेको योगदान चर्चा र त्यस बाटै आर्शिबाद दिनेहरुको संख्या समेत धेरै रहेको पाइन्छ ।
कतिपयले भने ३ सय ६४ दिने बाबुको वास्ता नगर्ने र १ दिन बाबुको फोटा सामाजिक संजालमा राख्ने प्रवृति गलत भएको भनेर समेत सामाजीक संजालमा आ,क्रोश पोखेको पनि देन्खिन्छ यसरी हेर्दा पछिल्लो समय सामाजिक संजाल प्रयोग बढेको देखिन्छ , यस दिनमा घरघरमा कुश भित्र्याएर कुशको अर्चना समेत गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ ।
भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ । वर्षका सबै औँसी पितृको रहे पनि सबै औँशीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको ज्योतिष घनश्याम चापागाई बताउनु हुन्छ । पितृ देवो भवः भनेर पितृलाई देवता समान मानिएको बताउँदै देवताले दिए पनि पितृ अप्रशन्न हुँदा ती खोसिन्छन् भन्ने मान्तयता रहेको उहाँले बताउनुभयो ।


