धनकुटाका ७६ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नमूना संकलन गरी कोरोना जाँचका लागि पठाईयो

धनकुटा खबर । धनकुटाका ७६ जनाको नमुना संकलन गरि कोरोना जाँचका लागि धरान पठाइृएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

साँगुरीगढीका २४ पाख्रीवास नगरपालिकाका ४ र शहिदभूमी गाउँपालिकाका ४८ जनाको कन्ट्याक्ट् ट्रेसिङ नमुना संकलन गरि धरान विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

उनिहरुको नतिजा पर्सी सम्ममा आउने सम्भावना रहेको उहाँको भनाई छ । आज सम्मको जम्मा परिक्षण गरिएको १ हजार ४ सय २ जना रहेको मध्ये १८ जनाको पोजेटिभ र १ हजार २ सय ५० जनाको नतिजा नेगेटिभ आएको छ ।

१ सय ३४ जनाको रिपोर्ट आउन बाकी रहेको र सकृय संक्रमित १ जनाको विराटनगर कोभिड अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । आज चौविसे गाउँपालिकाको ३१ जनाको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।