तीजको दिन दर्शनार्थीले भरिभराउ हुने धनकुटा हिलेका धार्मिक पर्यटकीय स्थलहरु यो वर्ष सुनसान !

धनकुटा खबर । गत वर्षहरुमा तीजको दिन दर्शनार्थीले भरिभराउ हुने धनकुटा हिलेका धार्मिक पर्यटकीय स्थलहरु यो वर्ष सुनसान जस्तै भएको छ । कोरोना माहामारीको कारण यस वर्ष हिलेको वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा गत वर्षहरुको तुलनामा अत्यान्त न्यून मात्रमा मात्र दर्शनार्थीहरु आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सिंह तितुङले वताउनुभयो ।

गत वर्षहरुमा यो मन्दिरमा हिले सहित आसपासका विभिन्न स्थानका हजारौ दर्शनार्थीहरु पूजाआराधनाका लागि आउने गरेका थिए । तर यसपालि कोरोना संक्रमण विश्वव्यापी रुपमा फैलिएकोले यसको संक्रमणबाट शर्तक रहन पनि धार्मिक स्थलहरुमा दर्शनार्थीहरुको उपस्थिती कम भएको हो । कोरोना संक्रमणको त्रास वढेपछि महिला दिदीवहिनीहरुले यो वर्ष घर मै वसी परिवार सँग खुशी बाँड्दै तीज मनाएकाछन् ।

त्यस्तै गरि पाख्रीवास तिर पनि घर घर मै वसी परिवास सँग रमाईलो गरि तीज मनाईएको स्थानियले वताएकाछन् । यहाँको शिवालय मन्दिरमा पनि दर्शनार्थीको उपस्थिती सामान्य रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖