धनकुटाको छथरजोरपाटीले पनि बन्द गर्यो अत्यावश्यकिय बाहेका सबै सेवा
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आज बाट लागु हुने गाउँपालिका बाट प्रदान गर्दै आएका अत्यावश्यकिय सेवा बाहेका सबै सेवा बन्द गर्ने भएको छ ।
कोरोना भाइरसको जोखिम लाई कम गर्न भन्दै क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीको बैठकको निर्णय अनुसार अत्यावश्यकीय सेवा का स्वाथ्य,स्वथ्य सम्वन्धी सेवा, एम्बसलेन्स , खानेपानी ,टेलिकम हुलाक र खाद्ययबस्तु बाहेका सेवा आज बाट भदौ १३ गते राती १२ बजे सम्मका लागि बन्द गरिएको जनाएको छ ।
त्यस्तै छथरजोरपाटी गाउँपालिका स्थाइ ठेगाना भएर आएकाहरु लाई समेत क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखि पिसिआर परिक्षण गरेर मात्र छोड्ने निर्णय गरेको छ साथै गाउँपालिका भित्रका बजारमा समेत भिडभाड नर्गन नगराउन र मास्क र सेनेटाइजरको प्रयोग अनिवार्य गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।



