धनकुटाबाट आज ९८ जनाको पिसिआर नमुना धरान पठाईयो
धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालिका र धनकुटा नगरपालिकाका ९८ जनाका पिसिआर आज नमुना संकलन गरिएको छ ।
शहिदभूमी गाउपालिकावाट ५० जना र धनकुटा न पा का ४८ जना गरी ९८ जनाको नमूना संकलन गरिएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
उनिहरुको उनिहरुको पिसिआर नमूना कोरोना जाँचका लागि वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । उनिहरुको नतिजा पर्सि सम्ममा आउन सक्ने उहाँले वताउनुभयो ।


