धनकुटाबाट आज कोरोना संक्रमितको स,म्पर्कमा रहेका ७९ जनाको पिसिआर विपि पठाईयो

धनकुटा खबर । आज धनकुटावाट कोरोना संक्रमितको स,म्पर्कमा रहेका ७९ जनाको पिसिआर नमुना संकलन गरि कोरोना जाँचका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।

धनकुटा नगरपालिकाका ३७ जना, महालक्ष्मी नगरपालिकाका २१ जना र शहिदभूमि गाउपालिकाका २१ जना गरि जम्मा ७९ जनाको नमूना संकलन गरि धरान पठाईएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

धनकुटा नगरपालिकाका यसअघि नमूना संकलन गरि पठाईएका ४८ जनाको पनि नतिजा आउन वाँकी छ । नतिजा आउन बाँकी सवैको नेगेटिभ नतिजा आउने अपेक्षा रहेको स्वास्थ्य कार्यलयका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनुभयो ।

उहाँका अनुसार अहिले सम्म जिल्लाका १ हजार ५ सय ९३ जनाको पिसिआर परिक्षण गरिसकिएको छ । जसमध्ये २० जनाको पोजेटिभ र १ हजार ४ सय ४६ जनाको नेगेटिभ नतिजा आएको छ । पोजेटिभ नतिजा आएकाहरु मध्ये पनि १७ उपचारपछि निको भएर फर्किसकेका छन भने ३ जना उपचाररत रहेकाछन् । १ सय १७ जनाको नतिजा आउन बाँकी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।