भदौ १७ गते सम्म धनकुटा नगरकार्यपालिकाद्धारा प्रदान गरीने अत्यावश्यकीय बाहेका सेवा बन्द
धनकुटा खबर । धनकुटा नगरकार्यपालिकाद्धारा यही भदौ ५ गते बाट नगरपालिका भित्र लागुहुने गरि गरेको अत्यावश्कीय बाहेका सेवा बन्दलाई यही भदौ १७ गते सम्मका लागि थप गरेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न भन्दै नगरपालिकाको कोरोना संकट व्यावस्थापन समितीको बैठकले यस्तो निर्णय गरेको हो ।
स्वथ्य सम्वन्धी सेवा, फोहोरमैला व्यावस्थापन, एम्बुलेन्स, दमकल, नगरप्रहरी, खानेपानी विपद् व्यावस्थान र अत्यावश्यकीय सवारी पास बाहेकका सबै सेवा भन्द गरिएको नगरपालिकाको कार्यलयले जनाएको छ । साथै सार्वजनीक भला हुने सभा, सम्मेलन, भोज भतेर नर्गन र नगराउन समेत नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।



