धनकुटामा समुदाय स्तरमा कोरोना फैलन शूरु भएपछि संयमित हुन अनुरोध!

धनकुटा खबर । कोरोना भाईरस (कोभिड-१९) को संक्रमण समुदाय स्तरमा फैलन शूरु भएपछि जिल्लाका व्यापारी, व्यावसायी सहित जिल्लावासी सम्पूर्णलाई धनकुटा उद्योग बाणिज्य संघले संयमित हुन आव्हन गरेको छ ।

संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर तामाङ्गद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना भाईरस नियन्त्रण गर्न निरन्तर प्रयास गर्दा पनि आज मात्र १३ प्रहरी, टेलिकमका चार कर्मचारी, एक जना स्थानीय व्यावसायी र वितिय संस्थाका म्यानेजर समेत रहेका एक स्थानीयलाई कोरोना पोजेटिभ देखीए संगै संघले जिल्लाका उद्योगी, व्यापारी, व्यावसायि लगायत समस्त जिल्लावासीहरुलाई संयमित र सचेत रहन भनिएको छ ।

समूदाय स्तरमा थप संक्रमण फैलन नदिन अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न, मास्क लगाउन, वारम्वार सावुन पानी वा सेनिटाईजरले हात धुन, सूरक्षित ढंगले मात्र दैनिक उपभोग्य सामाग्रीहरु विक्रि वितरण गर्न व्यवसायीहरुमा अपिल गर्दै अत्यावाश्यक काम वाहेक घरबाट वाहिर ननिस्कन समेत जिल्लावासी सबैलाई संघले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

जीवन रहे धेरै गर्न सकिन्छ त्यसैले कोरोना भाईरसको संक्रमणबाट आफु सूरक्षित बन्दै अरुलाई पनि सूरक्षित बनाउन सवै प्रकारका सूरक्षा विधि अवलम्वन गर्न समेत संघले धनकुटाका वासिन्दालाई अनुरोध गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।