धनकुटा कांग्रेसले भन्यो,- अब कसैको मुख नताकी आफै सू,रक्षित भई कोरोनाविरुद्ध ल,डौं (विज्ञप्ति सहित)

धनकुटा खबर । कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट बच्न अब कसैको मुख नताकी आफै सूरक्षित भई कोरोना विरुद्ध लड्न नेपाली कांग्रेस धनकुटाले जिल्लावासीलाई अनुरोध गरेको छ ।

कोरोना भाईरस नियन्त्रण भन्दा वाहिर गई जिल्लाको समुदायमा पनि फैलदै गएको भन्दै उसले आज एक विज्ञप्ति जारी गरी त्यस्तो अनुरोध गरेको हो । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण नेपालमा पनि दैनिक जसो मानिसहरुको निधन भैरहेको र धनकुटामा पनि शनिवार देखी स्थानिय समुदायमा यो भाईरस फैलन शूरु भएकोले अव धनकुटेलीहरु कोरोनाबाट बच्न आफै सक्रिय भई कसैको मुख नताक्न कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

यो भाईरसले जिल्लावासीलाई थप आतंकित र त्रसित बनाएको ठहर गर्दै पाटीको जिल्ला कमिटीले यो विपतको घडीमा विचलित नभई चुनौतिको सामाना गर्न विज्ञप्ती मार्फत आग्रह गरेको छ । सरकारको अर्कमर्णता र अदुर दर्शीताका कारण अहिले कोरोना भाईरस दिन प्रतिदिन नियन्त्रण भन्दा वाहिर गई तिव्र रुपमा फैलदै गएकाले सरकार यो भाईरस नियन्त्रण गर्न पूर्ण रुपमा असफल भएकाले अव सरकारको मुख नताकी आफै अग्रसर भई सवै प्रकारका सुरक्षा विधि अपनाउन जरुरी रहेको विज्ञप्तिमा भनिएको छ ।

धनकुटा जिल्लामा १ हजार ५सय ९३ जनाको पिसिआर परिक्षण गरिएको मध्ये अहिले सम्म ३९ जना कोरोनामा यो भाईरसको संक्रमण पुष्टि भएकोले यसलाई थप फैलन नदिन अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न, अनिवार्य मास्क लगाउन र सावुन पानी वा सेनिटाईजरले वारम्वार हात धुन जिल्लावासीलाई सचेत गराएको छ । साथै यो महाविपत्तिको सामना गदै जनताको सेवामा ओहरात्र खटीरहेका जिल्लाका चिकित्सक,स्वास्थ्यकर्मी,जनप्रतिनीधि,राजनैतिक दलका नेता कार्यकता,सूरक्षा निकायका कर्मचारी लगायत सम्पूर्णलाई नेपली कांग्रेस धनकुटाले धन्यवाद समेत ज्ञापन गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।