धनकुटाका २ जना कोरोना संक्रमित निको भएर घर फर्किए

धनकुटा खबर । धनकुटाका २ जना कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । यसअघि कोरोना संक्रमण पुष्ठि भई उपचारका लागि कोरोना अस्पताल गोठगाउँमा राखिएका २ जना निको भएर अस्पतालबाट फर्किएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

यसैवीच आज धनकुटाका १ सय ९९ जनाको पिसिआर नमूना संकलन गरि कोरोना परिक्षणका लागि पठाईएको छ । धनकुटा नगरपालिकाका हिजो र आज नमूना संकलन गरिएका जम्मा १ सय ३९ जना, पाख्रीवास नगरपालिकाका ६ जना, चौविसे नगरपालिकाका ३० जना र शहिदभूमि गाउँपालिकाका २४ जना सहित जम्मा १ सय ९९ जनाको पिसिआर नमूना संकलन गरि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठईएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गुरागाईले वताउनुभयो ।

उनिहरुको नतिजा पर्सि सम्म आउन सक्ने उहाँको भनाई छ । अहिले सम्म जिल्लाका १ हजार ७ सय ९२ जनाको पिसिआर परिक्षण गिरएको मध्ये ३९ जनाको नतिजा पोजिटिभ आएको छ ।

१ हजार ५ सय ५४ जनाको नतिजा नेगेटिभ आएको छ भने १९९ जनाको रिपोर्ट अउन बाँकी छ । जिल्लामा कोरोनालाई जितेर फर्किनेको संख्या १९ जना पुगेको छ । पोजेटिभ नतिजा आएका १ जना कोभिड अस्पताल विराटनगर, १९ जना धनकुटा अस्पतालको आईसोलेशनमा उपचाररत रहेको स्वास्थ्य कर्यलयले जनाएको छ । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।